Main
माओवादी प्रवक्ता भन्छन् : नीति तथा कार्यक्रममा नयाँपन केही छैन, परम्परागत छ
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँपन केही पनि नभएको बताएका छन् । संसद् भवन बाहिर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेलै हेर्दा नयाँपन केही पनि छैन, यो परम्परागत छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।