Main

माल्दिभ्सलाई हराउँदै भारतको लगातार दोस्रो जित

१८ साउन, काठमाडौं । भारतले काठमाडौंमा जारी काभा वुमन्स नेशन लिग–२०२४ मा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

शुक्रबार त्रिपुरेश्वर स्थित दथरथ रंगशाला भलिबल कभर्ड हलमा भारतले माल्दिभ्सलाई २५–६, २५–११ र २५–१० को सोझो सेटमा हराएको हो ।

भारतले पहिलो खेलमा इरानलाई ३–१ को सेटमा हराएको थियो । भारतले शनिबार घरेलु टोली नेपालसँग खेल्नेछ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।

आजको पहिलो खेलमा ईरानले श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो । प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंकाको सहभागीता छ । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।

भारत २ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल १ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । इरान २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button