Main

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

२० कात्तिक, पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । उनलाई अर्चलबाेटस्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पाैडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्ताेष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् । याे सहकारी ठगीमा ३१ कराेड बिगाेसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button