उद्दार र घाइतेको उपचारमा गम्भीर छौं : गृहमन्त्री लेखक

१२ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट परेकाको उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।
शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकपछि बोल्दै गृहमन्त्री लेखकले सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह गरे ।
उनले भने, ‘सरकारले उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काममा गर्नेछौं । सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह छ।’
उनले नख्खु खोलामा चार जनालाई कोसिस गर्दा गर्दै पनि बचाउन नसकेको भन्दै दु:ख व्यक्त गरे । ‘नख्खु खोलामा चार जनालाई कोसिस गर्दा गर्दै पनि बचाउन सकेनौं । हामी दु:खी छौं। हेलिकप्टर पठाउन सकिएन । जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गर्ने क्रममा उनीहरु नै बग्ने अवस्था आयो ।’ उनले भने ।
उनले सडक, पुल पुलेसा निर्माण र प्रभावितहरुको पुनर्स्थापनामा काम गर्ने बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।