‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि ओसियन र उपासनालाई

काठमाडौं । ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि क्रमशः ओसियनजंग थापा र उपासना रमदामले जितेका छन् । विराटनगरमा आयोजित फिनालेमा उनीहरुले उपाधिसहित ३० हजार नगद पुरस्कार जिते ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा ‘मिस्टर’तर्फ विराटनगरका असिम तिम्सिना ‘फस्ट रनर अप’, विराटनगरका आरोहण पोखरेल ‘सेकेण्ड रनर अप’, इटहरीका अर्मान जिमी ‘थर्ड रनर अप’, धरानका संगीत धमला ‘फोर्थ रनर अप’, विराटनगरका श्रीयांश थापा ‘फिफ्थ रनर अप’, विराटनगरका उनय राई ‘सिक्स्थ रनर अप’ र विराटनगरका आरभ राजवंशी ‘अर्गनाइजर्स च्वाईस विनर’ भए ।
‘मिस’तर्फ विराटनगरकी स्मारिका दंगाल ‘फस्ट रनर अप’, विराटनगरकी रियांशा सापकोटा ‘सेकेण्ड रनर अप’, विराटनगरकी ग्रेसी कार्की ‘थर्ड रनर अप’, विराटनगरकी इशानी ढकाल ‘फोर्थ रनर अप’, विराटनगरकी जिज्ञासा निरौला ‘फिफ्थ रनर अप’, इटहरीकी निश्चिता लुंगेली ‘सिक्स्थ रनर अप’ र विराटनगरकी इशानी ढकाल ‘अर्गनाइजर्स च्वाई विनर’ घोषित भए ।
विजेता तथा उपविजेतालाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेशको खेलकुद मन्त्रालयका सदस्य सचिव कृष्ण बस्नेत, नेकपा एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष रोहित कोइरालाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा मेन हण्ट इन्टरनेसनलका संस्थापक अनुप सक्सेना, हाउस अफ फेसनका संस्थापक, मोडल तथा प्रशिक्षक ओसिमा बनु, कोशी प्रदेशका पूर्व महान्यायधिवक्ता रुपेश कोइराला र हिसानका राष्ट्रिय उपाध्यक्ष भेषराज पोखरेल थिए ।
आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले बालवालिकामा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको बताए । निकट भविष्यमा गर्न लागेको विभिन्न प्रोजेक्टमा विजेता तथा उपविजेतालाई सहभागि गराउने जानकारी उनले दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।