‘मिस इको इन्टरनेसनल नेपाल २०२४’को उपाधि फ्लावियालाई

काठमाडौँ । ‘मिस इको इन्टरनेसनल नेपाल २०२४’को उपाधि काठमाडौंकी फ्लाविया महर्जनले जितेकी छन् । यी २१ बर्षिया सुन्दरीले इजिप्टमा आयोजना हुने मिस इको इन्टरनेसनलको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।
अघिल्लो वर्षकी विजेता रक्षा उप्रेतीले महर्जनलाई ताज लगाइदिइन् । ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को ताज लगाइदिएकी थिइन् । उपाधि जितेपछि बोल्दै महर्जनले यो ब्युटी पेजेन्ट आफ्ना लागि राम्रो अवसर भएको बताइन् ।
आफूले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उनले बताइन् । आयोजक ग्रीन आर्टस मिडियाका कार्यकारी अधिकृत प्रवीण लाकौलले महर्जनले ‘मिस इको इन्टरनेशनल’मा नेपालको नाम राखेर फर्किने आशा व्यक्त गरे ।
फेब्रुअरीमा आयोजना हुने प्रतिस्पर्धामा ६० भन्दा बढी मुलुकका सुन्दरीको सहभागिता हुनेछ । पर्यटन र वातावरण प्रवद्र्धनको मुद्दासहित मिस इको इन्टरनेसनल आयोजना गरिँदै आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।