Main

मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुला

काठमाडौं । मिस नेपाल नर्थ अमेरिकाको छैटौं संस्करणको आयोजना मिति घोषणा भएको छ । आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले आवेदन खुला गर्दै प्रतियोगिताको फिनाले साउन १९ गते (अगस्ट ३)मा हुने जनाएको हो ।

अमेरिकाको आर्थिक सहर न्यूयोर्कमा हुने यो ब्युटी पेजेन्टका लागि शनिबारदेखि आवेदन खुला भएको जनाइएको छ । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले अमेरिका र क्यानडामा बसोबास गर्दै आएका १८ देखि २९ वर्षसम्मका नेपाली अविवाहित युवतीले प्रतियोगितामा भाग लिन सक्ने बताए ।

‘ट्रान्सवुमन’ले पनि सहभागि हुने अवसर पाउनेछन् । नर्थ अमेरिकाको विजेतालाई हिडन ट्रेजरसँगको सहमतिअनुसार आगामी मिस नेपालको प्रतिस्पर्धामा सीधा छनोटको मौका हुनेछ । पर्यटन बोर्डको सद्भावना दूतको रुपमा पनि नियुक्त हुने मौका मिल्नेछ ।

गतवर्ष जुब्ली शेर्पाले त्यो अवसर प्राप्त गरेकी थिइन् ।

यसवर्षको संस्करणमा कोरियोग्राफरको रुपमा पूर्वमिस नेपाल तथा टेलिभिजन पर्सनालिटी सदीक्षा श्रेष्ठ रहने भएकी छन् । यसअघि अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, मिस नेपाल इन्टरनेसनल नीति शाह, सेलिब्रेटी सहाना बज्राचार्य लगायत पनि कोरियोग्राफर रहिसकेका छन् ।

यसवर्षको संस्करणको मुख्य प्रायोजकमा हेल्दी च्वाइस एस्थेटिक हस्पिटल रहने भएको छ ।  सन् २०१७ देखि मिस नेपाल नर्थ अमेरिकाको इतिहास सुरु भएको हो । पहिलो उपाधि मोनिका घलेले जितेकी थिइन् । ‘नेपाली अमेरिकी महिलालाई सक्षम तुल्याउनु र नेपाली समुदायमा सांस्कृतिक प्रवद्र्धनको उद्देश्यले वर्षेनी पेजेन्ट आयोजना हुँदै आएको छ’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button