Main

मुक्तिनाथ विकास बैंकद्वारा इलाम र महोत्तरीमा वृक्षारोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम र महोत्तरीमा वृक्षारोपण गरेको छ ।

इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी – १ मा करिब २५० र बर्दिबास नगरपालिकाको किसन नगर–६ मा १०० गरी कुल ३५० वटा कागतीका विरुवा रोपिएको बैंकले जनाएको छ ।

हरियाली अभियानमार्फत वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याउने उद्देश्यका साथ वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारी, अभियानकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियोे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button