सिड्नीमा विद्यार्थीमाझ राजेश हमाल- म आज पनि संघर्षमै छु, आफ्नो कामप्रति गौरव गर्नु

सिड्नी । समय र परिस्थितीअनुसार आफूलाई प्रस्तुत गर्ने मामिलामा अघि छन् अभिनेता राजेश हमाल । त्यति मात्र होइन, माहोललाई ऊर्जा भर्न र सकारात्मक सन्देश बाँड्न पनि उनी निपुण छन् भन्ने दृश्य यसैसाता अष्ट्रेलियाली सहर सिड्नीमा देखियो ।
काम र पढाईलाई एक साथ अगाडि बढाइरहेका नेपाली विद्यार्थीमाझ हमालले आत्मबल बढाउन प्रयत्न गरे ।
‘संघर्ष कहिल्यै सकिने कुरा होइन, म आज पनि संघर्षमै छु । कुरा धेरै र थोरै को हो । म नेपालमा रहेर संघर्ष गरेको छु । तपाईंहरू प्रवासमा बसेर’ उनले भने, ‘फरक यत्ति मात्र हो कि जे गर्नु भएको छ मनबाट गर्नु । निरन्तरता दिनु र आफ्नो काम वा विधाप्रति गौरव गर्नु । सफलता हात नलाग्ने कुरै छैन ।’
उनले अघि भने- २५ बर्ष अगाडि नेपाली सिनेमा विधामा आउँदा एउटा फिल्म खेलेपछि अर्को कहिले बन्ने होला ठेगान् थिएन । तर पनि मैले विधा त्यागिन र धैर्य भएर लागि रहेँ ।’
‘२ बर्षमा एउटा फिल्म खेल्ने म, त्यसपछि वर्षमा १० फिल्म खेल्न पुगेँ । दिनमा १८ घण्टा काम गरे । आज पनि म काम र आफ्नो विधाप्रति लागिपरेको छु । मेरो जीवनमा अन्य अवसर नआएका होइनन् । तर, मन खाएको फिल्म विधामा टिकिरहेँ ।’
स्थानीय बैठक रेष्टुरेण्टमा नेपाली टचले आयोजना गरेको छलफल कार्यक्रममा हमालका कुरा सुन्न र कुरा राख्न विद्यार्थीको बाक्लो उपस्थिती थियो । जवाफ दिँदै हमालले भने – ‘हामीले उमेर रहुञ्जेल मिहेनत गर्ने हो । म पनि त्यही संस्कार र सोचले अगाडि बढेको व्यक्ति हो । म कुनै फरक होइन, साधारण ब्यक्ति नै हो ।’
हमालले पहिलोपटक १० वर्षअघि अष्ट्रेलिया आएको स्मरण गर्दै भने – यो भने मेरो चौंथो भम्रण हो । म पहिलो पटक सन २०१४ मा अष्ट्रेलिया आएको थिएँ । त्यति बेला यसरी नेपालीसँग जमघट गर्न पाउनु रहर थियो । तर आज नेपालीको उपस्थिति बाक्लिंदै जाँदा र मेरो सिनेमा हेर्नुहुने तपाईंसँग प्रवासमा भलाकुसारी गर्न पाउनु मेरो लागिग गौरवको कुरा हो ।’
होली कार्यक्रममा सहभागि हुन हमाल गतसाता अष्ट्रेलिया पुगेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।