Main
सुन तस्करीमा जोडिएपछि सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।
आयोगले सुन तस्करी प्रकरणमा त्रुटिपूर्ण अनुसन्धान गरेको ठहर गर्दै उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो।
आयोगको सिफारिसअनुसार उनीहरुलाई सीआईबीबाट हटाउने निर्णयगरेको हेडक्वार्टर स्रोत बताएको छ।
जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।