मेयर कप फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी च्याम्पियन

२४ माघ, नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुल९छात्र० र नेपालगन्ज मोडेल एकेडेमी ९छात्रा० मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बुधबार नेपालगन्जमा भएको छात्र फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सले नेपालगन्ज मोडेल एकेडेमीलाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा सुमित थापाले ६०औं र ६७औं मिनेटमा गोल गरे । सुमित फाइनल खेलको म्यान अफ द म्याच समेत भए ।
बुधबारै भएको छात्रातर्फको फाइनलमा नेपालगन्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–० ले हराउँदै च्याम्पियन बनेको हो । नेपालगन्ज मोडेल एकेडेमीको जितमा तिलसरा बुढाले २०औं मिनेट र चमेली चौधरीले ५०औं मिनेटमा गोल गरिन् । फाइनल खेलमा वुमन अफ द म्याच नेपालगन्ज मोडेल एकेडेमीकी तिलसरा बुढा भइन् ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपालगन्ज सेन्ट जेभियर्सका सुमित थापा र मनकामना मावि खजुराकी खेलाडी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जीवन ज्योती स्कुल कोहलपुरले प्राप्त गरेको छ ।
प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, उप–मेयर कमरुद्दिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, सदस्य जगमोहन कादु, एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौला, जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेम्स, नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख उप–सचिव गोर्ख बहादुर थापा, एन्फा बाँके उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्द, एन्फाका पुर्व उपाध्यक्ष गोर्वद्दन सिंह सम्झना, नेपाल इ–रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष कुमार सिंह ठकुरी लगायतले पुरस्कृत गरे ।
धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल एकेडेमीमा ११ दिन सम्म चलेको प्रतियोगितामा बाँके जिल्लाका ८ स्थानीय तहका ३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका थिए । प्रतियोगिताको विजेताले २१ हजार उपविजेता टिमले ११ हजार प्राप्त गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।