अस्ट्रेलियामा गुञ्जिंदै सत्य-स्वरुप
सिड्नी । गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्य अस्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएका छन् । आगामी ६ डिसेम्बरमा सिड्नीको ग्रयानभिलस्थित टाउन हलमा ‘द सत्य स्वरुप शो’ हुनेछ ।
आयोजक फ्लेभर्स अफ नेपालका राजेश केसीले कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी दिए । फिन कनेक्स फाइनान्सियलको साथमा सिड्नीमा हुने शोपछि यो कार्यक्रम डिसेम्बर ९ मा न्यु क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा उलंगनमा उनीहरुको सांगीतिक प्रस्तुति हुनेछ ।
अस्ट्रेलियामा ‘द सत्य स्वरूप शो’को व्यवस्थापन द स्तुपा टेस्ट अफ नेपालले गर्नेछ ।
गायकद्वर सत्य-स्वरुपले लामो समयको अन्तरालपछि आफूहरु सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आउन लागेको बताएका छन् । ‘अस्ट्रेलियामा रहनुहुने नेपाली गीत-संगीतप्रेमीहरुमाझ प्रस्तुत हुन हामी हतारिएका छौं’ उनीहरुले भनेका छन्, ‘विश्वास छ हामीले यहाँहरुको सांगीतिक प्यास मेटाउन भरपुर प्रयास गर्नेछौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।