Main

एनसेल एप : सेवा एक, सुविधा अनेक

२९ असोज, काठमाडौं । एनसेलले आफ्नो सेल्फ केयर एप ‘एनसेल एप’लाई थप परिस्कृत गरी नयाँ फिचर थपेको छ ।

अब एपमा नै एनसेलका ग्राहकले जल तथा मौसमको बारेमा जानकारी लिन, समाचार पढ्न पाउँछन् भने एनसेल एपमा मात्रै पाइने विभिन्न अनलाइन गेमको मजा पनि लिन सक्छन् ।

दशैंको अवसरमा एपमा चंगा चेट गेम अनलाइन खेलेर पुरस्कार जित्न सकिन्छ । चाडपर्व र साताको अन्तिममा अनलाइन गेम प्रतियोगिता हुने गरेको छ । धेरै अंक प्राप्त गरेका ग्राहकले प्रतियोगिताको अन्त्यमा पुरस्कार जित्न सक्छन् । त्यसैगरी चार वटा विभिन्न डेटा प्याक, पाँच वटा भ्वाइस प्याक र अनलिमिटेड दशैं अफरबाट पनि ग्राहकले फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

एनसेल एपमा ग्राहकले आफ्नो ह्यान्डसेटमा भोल्टे चल्ने/नचल्ने एक क्लिकमा नै चेक गर्न सक्छन् । एपबाटै भोल्टे सेवा एक्टिभेट पनि गर्न सक्छन् । एनसेलका अनुसार, एप प्रयोगकर्ताका लागि एप एक्सक्लुसिभ अफरहरू पनि छन् । जसमा एनसेल एप प्रयोगकर्ताका लागि विशेष छुट र क्यास ब्याक उपलब्ध हुन्छ ।

५० रुपैयाँ पर्ने अनलिमिटेड १ दिने डेटा प्याक एनसेल एपमा ४५ रुपैयाँमा उपलब्ध छ । ११२ रुपैयाँमा ७ दिनको समयावधि रहेको ५ जीबी डेटा एनसेल एपमा मात्र खरिद गर्न सकिन्छ ।

एनसेलले पुरानो भर्सनबाट नयाँ एनसेल एपमा अपडेट गर्ने ग्राहकलाई निःशुल्क २०० एमएमबी डेटा दिन थालेको छ । अन्य साझेदारको सहकार्यमा एनसेल एपमा अरु पनि आकर्षक सुविधाहरु समावेश गरिएका छन् । नासा सेक्युरिटिजसँगको साझेदारीमा ग्राहकहरुले एनसेल एपमा फास्टेष्ट फिङ्गर फस्ट गेम (सबैभन्दा चाँडै डिम्याट खाता खोल्ने) खेल्न सक्छन् र प्रत्येक महिना १२ महिना सम्म स्मार्टफोन जित्न सक्छन् ।

त्यसैगरी एनसेलले आफ्ना एनसेल एप प्रयोगकर्ताका लागि विभिन्न प्रिमियम ब्राण्डका सामान उपलब्ध गराउने अनलाइन प्लेटफर्म इफार्मेसीसँग साझेदारी गरेको छ । यो साझेदारी अन्तर्गत एनसेल एप प्रयोगकर्ताले विभिन्न ब्राण्डका उत्पादनहरुको खरिदमा १० प्रतिशत छुट र निःशुल्क डेलिभरी सेवाको फाइदा लिन सक्छन् ।

यो अपडेटसँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन् । ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरूमार्फत् एपलाई कम्पनीले अपडेट गर्दै आएको छ ।

ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएको एनसेलले जनाएको छ । यो एपले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्ने लगायत अन्य थुप्रै एपमा रहेका विद्यमान सेवा, सुविधा हुन् ।  एनसेल एपको नयाँ अपडेटेड भर्सन प्लेस्टोर र आईओएस स्टोरबाट सजिलै डाउनलोड वा अपडेट गर्न सकिन्छ । एनसेल एप डाउनलोड गरी ‘लगइन’ गरेपछि ग्राहकले १ जीबी डेटा निःशुल्क प्राप्त पनि गर्दछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button