Main
म्यानेजर अफ द इयर अवार्ड अवस्थीलाई

२८ माघ, काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले यस वर्षको म्यानेजर अफ द इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई प्रदान गरेको छ ।
संघको ४३ औं वार्षिक साधारणसभामा शुक्रबार आयोजित कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।
सोही अवसरमा वुमन म्यानेजर रिकिग्निशन अवार्ड आरती चटौत, लाइफ टाइम कन्ट्रीब्युसन अवार्ड पद्मलाल श्रेष्ठ र युथ आइकन रिकिग्निसन अवार्ड मनोज पौडेलले पाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।