Main

यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आईतबार अमेरिकी डलरको भाउ ८ पैसाले घटेको छ। आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ। शुक्रबार डलको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसामा यसको खरिदबिक्र भएको थियो।

आइतबार युरोपियन युरो को भाउमा ओरालो लागेको छ। आज युरो एक रुपैयाँ ५३ पैसाले घटेको छ। आज युरो एकको खरिददर १४० रुपैयाँ ५२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको छ। शुक्रबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको थियो।

आइतबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ७६ पैसाले घटेको हो। यसअघि शुक्रबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम थियो।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर ३७ पैसाले घटेको छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा रहेको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०७ पैसा, यूएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ।

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button