Main

यस्तो रह्यो ‘महाजात्रा’ को काठमाडौं प्रिमियर (तस्वीर)

काठमाडौं । ‘महाजात्रा’लाई मंगलबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मीको सहभागिता रह्यो ।

प्रिमियरमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, प्रकाश सपुत, रामबाबु गुरुङ, पूर्णेन्दु झा, सौरभ चौधरी, गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, आश्मा विश्वकर्मा लगायत उपस्थित देखिए ।

फिल्मले प्रिमियरबाट ‘सकारात्मक’ प्रतिक्रिया प्राप्त गरेको जनाइएको छ । अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश दिन्छ तर जात्राकै शैलीमा । परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ ।’

निर्देशक दीपाश्री निरौलाले फिल्म मनोरञ्जनात्मक र सन्देशमूलक बनेको प्रतिक्रिया दिइन् । ‘फिल्म हेरिरहँदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिंदैन । कलाकारले मेहनत गरेका छन् । उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्,’ उनले भनिन् ।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा फिल्म हेर्दा राम्रो लागेको बताए । ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो । स्क्रिप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हाँस्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ,’

यो फिल्म नेपालमा शुक्रबार प्रदर्शन तयारीमा छ । ४० विदेशी बजारमा यो फिल्म आगामी एक साताभित्र प्रदर्शनको लक्ष्य छ । फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको छ । फिल्मले पाएको हाइपको आधारमा हलले राम्रै संख्यामा शो दिएका छन् ।

फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button