Main

काठमाडौंबाट छुट्ने रात्रीबस सञ्चालनमा रोक

११ असोज, काठमाडौं। लगातारको वर्षाका कारण बढी–पहिरोको जोखिम बढेसँगै रात्रीकालीन बस सञ्चालनमा रोक लगाइएको छ ।

नयाँ बसपार्कबाट विभिन्न जिल्लाका लागि छुट्ने रात्रीबसहरु सञ्चालनमा रोक लगाइएको हो ।

(आज) शुक्रबार बेलुकीदेखि भोलि विहानसम्मका लागि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

निजी सवारी चालकहरुलाई समेत रात्रिकालीन यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button