Main

यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक, युक्रेन पाँचौं स्थानमा

७ साउन, काठमाडौं । नेपालले एक वर्षको अवधिमा १५ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

भन्सार विभागका अनुसार नेपालले १७० भन्दा धेरै मुलुकसँग व्यापार गरेको छ ।

आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भइरहेको छ ।

पेट्रोलियम पदार्थ, सवारीसाधन, तयारी पोशाक तथा खाद्यान्न र तरकारीका लागि नेपाल भारतमा अधिक निर्भर देखिन्छ ।

यो सूचीको पाँचौ स्थानमा युद्धग्रस्त मुलुक युक्रेन रहेको छ । जहाँबाट धेरै वस्तु नेपाल आयात भएको छ । यस मुलुकबाट नेपालमा खाने तेल, गहुँलगायत वस्तुको आयात अधिक हुने गरेको छ ।

चीन धेरै वस्तु आयात हुने मुलुकको दोस्रो स्थानमा छ । चीनबाट लत्ताकपडासहितका वस्तु आयात हुने गरेको छ ।

तेस्रो स्थानमा यूएई रहेको छ । धेरै वस्तु आयात हुने प्रथम १० मुलुकमा अमेरिकी र युरोपेली मुलुक समेत रहेका छन् ।

नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक

भारत : ९ खर्ब ९६ अर्ब
चीन : २ खर्ब ९८ अर्ब
युनाइटेड अरब इमिरेट्स : २९ अर्ब ८७ करोड
संयुक्त राज्य अमेरिका : १९ अर्ब ४८ करोड
युक्रेन : १८ अर्ब ८८ करोड
मलेसिया : १७ अर्ब ९१ करोड
अस्ट्रेलिया : १५ अर्ब ३९ करोड
फ्रान्स : १३ अर्ब ७७ करोड
अर्जेन्टिना : १२ अर्ब ३८ करोड
साउदी अरेबिया : ११ अर्ब ४८ करोड

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button