Main

युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा

काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक रोनाल्ड कोमनले घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा बार्सिलोनाका घाइते मिडफिल्डर फ्रेन्की जे जोङ र पूर्वकप्तान जर्जिनिओ बिजनाल्डम पनि समावेश छन् । चोटका कारण फ्रेन्की केही समय मैदानबाहिर थिए ।

साउदी अरेबियन लिगमा खेलिरहेका बिजनाल्डमलाई ९ महिनापछि मार्चमा राष्ट्रिय टिममा बोलाइएको थियो । उनले यसअघि लिभरपुल, न्युक्यासल र पेरिस सेन्ट जर्मेन जस्ता टिमबाट खेलिसकेका छन् ।

यस्तै हाल लिभरपुलका कप्तान भर्जिल भान डाइकसहित लिभरपुलबाट खेलिरहेका राएन भ्राभेनबर्च र कोडी गाक्पो पनि टिममा समावेश छन् । एट्लेटिको मड्रिडका फरवार्ड मेम्फिस डिपाए पनि टिममा छन् ।

अब नेदरल्याण्ड्सले मे २९ भित्र २६ सदस्यीय अन्तिम टोली घोषणा गर्नुपर्नेछ । यसपटक युरो २०२४ मा सहभागी टिमले २६ जना खेलाडी टिममा राख्न पाउनेछन् । समूह डी मा रहेको नेदरल्याण्ड्सले १६ जुनमा पोल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

 नेदरल्याण्ड्सको प्रारम्भिक ३० खेलाडी

गोलकिपर : जस्टिन बिज्लो (फेयनुर्ड), मार्क फ्लेकेन (ब्रेन्टफोर्ड), बार्ट भरब्रुगेन (ब्राइटन एन्ड होभ एल्बियन), निक ओलिज (स्पार्टा रोटरडम)

डिफेन्डर : नाथन एके (म्यानचेस्टर सिटी), डाले ब्लाइन्ड (गिरोना), भर्जिल भान डाइक (लिभरपुल), डेन्जेल डम्फ्रिज (इन्टर मिलान), जेरेमी फ्रिमपोङ (बायर लेभरकुसेन), लुत्सारेल गेर्टुइडा (फेयनुर्ड), माथिस डे लिग्ट (बायर्न म्युनिख), इयान माट्सेन (बोरुसिया डर्टमन्ड), मिकी भान डे भेन (टोटेनहम), स्टेफान डे भ्रिज (इन्टर मिलान)

मिडफिल्डर : रायन ग्रेभेनबेर्च (लिभरपुल), फ्रेन्की डे जोङ (बार्सिलोना), ट्युन कूपमाइनर्स (एटलान्टा), तिज्जानी रेइजन्डर्स (एसी मिलान), मार्टेन डे रुन (एटलान्टा), जेर्डी शाउटेन (पीएसभी आइन्डहोभन), जाभी सिमोन्स (आरबी लाइपजिग), क्विनटेन टिम्बर (फेयनुर्ड), जोए वीरम्यान (पीएसवी आइन्डहोभन), जर्जिनियो विजनाल्डम (अल-एत्तिफाक)

फरवार्डहरू : स्टीभन बर्गविन (एज्याक्स), ब्रायन ब्रोबे (आजाक्स), मेम्फिस डिपाए (एट्लेटिको मड्रिड), कोडी गाक्पो (लिभरपुल), डोनयल मालेन (बोरुसिया डर्टमन्ड), वाउट वेघोर्स्ट (होफेनहेम, बर्नलीबाट लोनमा)

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button