महिला सिर्जनशील केन्द्रको तीज मेला आज सकिंदै

काठमाडौं । ‘डाबर गुलावरी तीज फेस्टिभल-सिर्जनशील उद्यमी मेला-२०८१’ आइतबार सकिंदैछ । भदौ ७ गतेदेखि बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना भएको मेला किनमेल गर्नेहरु घुइँचो लागेको आयोजक महिला सिर्जनशील केन्द्रले जनाएको छ ।
महिला उद्यमीहरुको प्रवर्द्धन गर्ने उद्देश्यले भएको मेलाको व्यवस्थापन राइजिङ नेपाल प्रालि (इभेन्ट संसार) ले गरेको थियो ।
मेलामा ७० भन्दा बढी स्टल र दुई हजार बढी प्रकारका सौन्दर्य प्रसाधन, लत्ताकपडा, जुत्ताचप्पल, ब्याग, गरगहना, निःशुल्क स्वास्थ्य, हस्तकलाका सामग्री, फर्निचर, विभिन्न खाद्य पदार्थ, र हात खाली नजाने महिलाका लागि विशेष उपहार समेत राखिएको मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए । तीज विशेष खानाका परिकारहरुले पनि मेलामा थप आकर्षण बढाएको उनले बताए ।
मेलामा कलाकार, उद्यमी र विदेशी पाहुनाको समेत उपस्थिति थियो । यो मेला हरेक वर्ष आयोजना गर्ने योजना रहेको केसीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।