यु–१८ युथ लिग: दिगविजयको ह्याट्रिकमा आर्मीको दोस्रो जित
२९ कात्तिक, काठमाडौं। दिगविजय शाहीको ह्याट्रिक मदतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बिहीबार सातदोबाटो युथ क्लबलाई ४-० ले पराजित गरेको छ । लिगमा आर्मीको यो दोस्रो जित हो ।
टेबल पूछारतिर रहेका दुई टोलीबीचको भिडन्तमा आर्मीले एकपक्षिय रुपमा जित निकालेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि अर्को एक गोल दक्ष्य लामाले गरे ।
दिगविजयले खेलकव १३औं र २०औं मिनेटमा गोल गर्दै आर्मीलाई सुरुमै २-० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा दुई गोलको अग्तरा लिएको आर्मीले दोस्रो हाफमा पनि दुई गोल थप्यो । ५४औं मिनेटमा दक्क्ष लामाले आर्मीका लागि तेस्रो गोल गरे ।
दिगविजयले ६१औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने टिमको लागि चौथो गोल गरे।
दोस्रो जितपछि ९ खेलबाट सात अंक जोडेको आर्मी १०औं स्थानमै यथावत छ । सातौं हार व्यहवरेकव सातदोबाटो ९ खेलबाट ४ अंकसहित ११औं स्थानमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।