Main
यू–१७ महिला टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ नियुक्त
२६ असार, काठमाडौं । आगामी अगस्ट २० देखि भुटानमा सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी चेतनारायण श्रेष्ठलाई दिइएको छ। बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। श्रेष्ठ यसअघि विभिन्न उमेर समूहका महिला टिमको प्रशिक्षणमा संलग्न रहिसकेका अनुभवी प्रशिक्षक हुन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।