Main

यू-१८ युथ लिगमा दुवै खेल बराबर

३ मंसिर, काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिग अन्तर्गत सोमबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान माभएको खेलमा त्रिभुवन आर्मी एफसीले अन्तिम सममया गोल गर्दै खुमलटार युथ क्लबसँग १-१ को बराबरी खेल्दै हार टारेको छ ।

सागर तामाङले ८७औं मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । खुमलटार जित नजिक पुगेको बेला इन्जुरी टाइमको तेस्रो मिनेटमा आर्मीका भुवन कामीले गोल गर्खै खेल बराबरी गरेका हुन् । बराबरीपछि १० खेलबाट ८ अंक जोडेको आर्मी दशौँ स्थानमै छ । खुमलटारले समान खेलबाट ४ अंक जोडेको छ ।

त्यसअघि सोमबारै भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङको १० खेलबाट १९ अंक छ भने चरच् ब्वाइजले समान खेलबाट १४ अंक जोडेको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button