यू-१९ अभ्यास खेल: कर्नाटकको दोस्रो जित, श्रृंखला २-२ को बराबरीमा
४ मंसिर, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको अभ्यास खेलमा दोस्रो हार व्यहोरेको छ । मंगलबार भएको चौथो अभ्यास खेलमा नेपाललाई कर्नाटकले ५ विकेटले हराएको हो ।
नेपालले दिएको १०६ रनको सामान्य लक्ष्य कर्नाटकको यू-१९ टोलीले ३७औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । उसका लागि अक्षत प्रभाकर र शिवले समान २४ रन बनाए ।
नेपालका लागि सन्तोष यादवले ३ विकेट दिए भने बिपिन महतो र राजेश यादवले एक-एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३६औं ओभरमा १०५ रनमा अलआउट भएको थियो । मयन यादव र रोशन बिकले समान ३४ रन बनाए ।
कर्नाटकको जितसँगै पाँच अभ्यास खेलको श्रृंखला २-२ को बराबरीमा पुगेको छ ।
यसअघि भएको पहिलो खेल कर्नाटकले जित्दा दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । अब पाँचौं खेल बिहीबार हुने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।