Main

प्रदर्शनी मार्गमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा सञ्चालन

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका-२८ स्थित घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आइतबारदेखि स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा उपलब्ध गराइने उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button