Main
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ।
आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।
उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा भइरहेकाे छ। साेही अनुसन्धानका क्रममा लामिछानेलाई काठमाडौँ, चितवन र बुटवल बयानका लागि लगिएको थियो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।