Main

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पनि निलम्बित भएका छन्।

राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समिति सदस्य नरहेको घोषणा गरेका हुन्।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनकाे सांसद पदसमेत निलम्बनमा परिसकेकाे छ। सोमबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको हाे।

सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर आइतबार मुद्दा दर्ता गरेको थियाे।

तीमध्ये बयानका लागि रविसहित ५ जनालाई अदालतमा उपस्थित गराइएकाे छ। उनीहरूको मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान भइरहेकाे छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button