Main

रवि–स्वर्णिमले घण्टी बजाउँदै गरे मिलनको उम्मेदवारी घोषणा

काठमाडौं। यही बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ।

शनिबार इलाममा कार्यक्रम गर्दै गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले घण्टी बजाउँदै मिलनको उम्मेदवारी घोषणा गरे।

उम्मेदवार घोषणापछि लामिछानेले लिम्बुलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए।

उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका छन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button