Main
राप्रपा नेता बालाराम घर्तीमगरको निधन
२७ असार, काठमाडौं । राप्रपाका पुराना नेता बालाराम घर्तीमगरको निधन भएको छ । ८७ वर्षीय घर्तीमगरको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्तीमगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।