Main
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट
१९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री इल्नर ममादोभले भेट गरेका छन् । शुक्रबार उपविदेशमन्त्री ममादोभ राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । भेटमा नेपाल र अजरबैजानबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।