पासाङ र ऋदिको विजयी सुरुआत

५ असार, काठमाडौँ । नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा बुधबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सीप सुरु भएको छ ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहको स्क्वास कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन पुरुष ओपनमा पासाङ ब्लोन लामा, ऋद्धि शाक्य, राज महर्जन र विकास तुम्सिङ मगरले विजयी सुरुआत गरे ।
चौथो वरीयताप्राप्त पासाङले आभान श्रेष्ठलाई सजिलै ११-६, ११-० र ११-५ को सोझो सेटमा पराजित गरे । यसैगरी पाँचौ वरीयताका विकासले आरभ श्रेष्ठलाई ११-३, ११-६ र ११-२ ले सजिलै हराएर दोस्रो चरणमा स्थान बनाए । अभान र आरभ पोखरा स्क्वास एशोसिएसनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् ।
छैटौँ वरीयताप्राप्त दिर पुन भने सुरुका दुई सेट आफ्नो पक्षमा पारेर पनि पहिलो चरणबाटै बाहिरिए । उनी पाँच सेटमा राज महर्जनसँग ६-११, ७-११, ११-७, १२-१० र १२-१० ले स्तब्ध भए । ऋदिले पनि यान राईलाई सोझो सेटमा ३-० ले हराएर पहिलो चरण पार गरे ।
मास्टर्स ४५ प्लसमा राजेन्द्र शाक्यले इन्द्रबहादुर कार्कीलाई ११-३, ११-५, ११-७, प्रज्जवल प्रधानले गुलाम अलीलाई ११-७, ११-५, ७-११, ११-५, दिलीप अधिकारीले एस. चड्डालाई ११-५, ११-७, ११-७ तथा शैलेस अमात्यले अनिल वज्राचार्यलाई ११-८, ६-११, ११-६, ६-११ र १२-१० ले पराजित गरे । यसैगवरी जितेन्द्र जोशी रत्न महर्जन र जिएम शाह धिर पुनलाई सोझो सेटमा हराएर अर्को चरणमा पुगे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।