Main
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका छन् ।
बैठक सुरू हुनासाथ आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।
कांग्रेससहित विपक्षी दलका सांसदहरूको विरोधका बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसुची छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।