Main
तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता
३१ असार, दार्चुला । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।