Main

राष्ट्रिय महिला हक्कीमा सुदूरपश्चिम तेश्रो

१९ फागुन, जनकपुर । सुदूरुपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार तेश्रो भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले पराजित गर्‍यो ।

सुदूरपश्चिमकी बुलबुल कुमारीले ह्याट्रिक गरिन् भने गंगा भाटले २ गोल थपिन् । सुदूरपश्चिमकी आशिका एसके ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । सुदूरपश्चिमले ५० हजार नगद पुरस्कार पाउने छ ।

नेपाल आर्मी र आयोजक एकेडेमीबीचको फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी ८ टिम सहभागी छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button