Main

राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई एकीकृत समाजवादीको समर्थन

२८ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरेलाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उम्मेदवार छिन् । यसअघि एकीकृत समाजवादीले समेत उपाध्यक्षमा दाबी गर्दै आएको थियो । तर एमालेको तर्फबाट उम्मेदवारी परेपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएन ।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने निर्णय भएको छ । उपाध्यक्ष पदको निर्वाचन आज हुँदैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button