Main
राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु

३० जेठ, काठमाडौं । नेपाल सुटिङ संघको आयोजनामा २६औं पुरुष तथा २५ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
तीनदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीका ४७ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव प्रदीप खातीले जनाएका छन् ।
एयर राइफल र एयर पेस्तोलको व्यक्तिगत र मिक्स टिम गरी ६ स्पर्धामा खेल भइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।