रास्वपाको केन्द्रीय समिति बैठक जारी
४ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बसिरहेको छ । अपरान्ह ४ः३० बजेदेखि बस्ने गरी बोलाइएको बैठक हाल जारी रहेको छ ।
८ मंसिर देखि गरिने दोस्रो चरणको विरोध प्रदर्शनका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।
सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले विरोध गर्दै आएको छ । ८ मंसिरबाट हुने दोस्रो चरणको विरोध प्रदर्शनका लागि रास्वपा थप एजेण्डाहरु तय गरेको छ ।
सहकारी, लघुवित्त र मिटरब्याज समस्या समाधान, भ्रष्टाचार काण्डको न्यायिक छानविन, प्रवासी र गैरआवासीय नेपालीलाई मताधिकार , संविधान परिमार्जन लगायतका मुद्धा उठाएर विरोध गर्ने रास्वपाले जनाएको छ ।
आज बेलुकी साँझ ७ बजे सरकार विरुद्ध घण्टी बजाएर विरोध प्रदर्शन गर्ने रास्वपाले निर्णय गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।