रिङरोडमा ‘सारी राइडर’ (तस्बीर)

२२ बैशाख, काठमाडौं । दुई पाङ्ग्रे क्वीन्सको आयोजनामा ‘मोटोगर्ल्स टु द रिङरोड’ सम्पन्न भएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्रांगण बाट सुरु भएको राइड चक्रपथ परिक्रमा गरेर सोरखुट्टेस्थित सेभेल ह्विलर्स रेस्ट्रोमा पुगेर सकिएको थियो । राइडमा प्रोफेसनल राइडर देखि नर्स खेलाडी कलाकार विभिन्न क्षेत्रमा लेडी राइडरहरुको उपस्थिती थियो ।
१८ औं इन्टरनेशनल फिमेल राइड डे को अवसर पारेर संस्कृतको संरक्षण र पर्यटन प्रबर्धनन गर्ने नारासहित मोटोगर्ल्स टु रिङरोड राइड आयोजना गरिएको हो ।
पहिलो पटक यस्तो किसिमको राइडमा सहभागि भएको भन्दै महिला राइडरहरुले सारी लगाएर राइड गर्दा फरक र नयाँ अनुभव भएको बताए ।
गत वर्ष मोटोगर्ल्स टु सिन्धुलीगढी राइड कार्यक्रम आयोजना गरिएको र यो त्यसैको निरन्तरता भएको दुईपाङ्ग्रे क्विन्सकी प्रमुख तुलसा पहाडीले बताइन् । ‘हामीले गत वर्ष दुई पाङ्ग्रे स्थापना गर्दै १७औँ इन्टरनेशनल फिमेल राइड डे को उपलब्धमा मोटोगर्ल्स टु सिन्धुली आयोजना गरेका थियौँ । यस पटक त्यसैको निरन्तरा दिँदै दुई पाङग्रेको एनिभर्सरीको अवसर पारेर मोटोगर्ल्स टु रिङरोड आयोजना गर्यौँ । हामीले नयाँ कन्टेप्टको रुपमा सारी लगाएर राइड गर्ने सोच बनायौँ । एकदमै राम्रो र माइलो भयो ।’ तुलसाले भनिन् । ‘गत वर्ष १४ जना राइडर थियौँ । यस पटक झण्डै दोब्बरको संख्यामा थियौँ । सबै जना एकदमै उत्साहित भए । ‘
यसलाई निरन्तरा दिँदै जाने र आगामी दिन मोटोगर्ल्स टु एभरेष्ट समेत गर्ने सोच रहेको उनले बताइन् । दुई पाङ्ग्रे क्विन्स गत वर्ष स्थापना भएको थियो ।
अठोट नेपाल सहआयोजकको रुपमा रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड, एका कुम्बुचा, सेभेन ह्विलर्स रेस्ट्रो र प्युयोर एजुकेसन सोलुसन सहयोगीको रुपमा थिए ।
अठोट नेपालका प्रमुख देवेन्द्र शाही ठकुरीले आफूले सोते भन्दा राम्रो कार्यक्रम भएको भन्दै लेडी राइडरहरुको प्रशंसा गरे । ‘सुरुमा कति जना आउनुहोला भनेर कौतुहलता थियो । धेरै संख्यामा आउनुभयो । राइडरहरु सारी लगाएर चक्रपथमा राइड गर्दा एकदमै राम्रो देखियो ।’ ठकुरीले अटोट पर्यटन, संस्कृति, शिक्षा र स्वास्थय जस्ता क्षेत्रमा काम गरिरहेको र दुई पाङ्ग्रे क्विन्ससँग मिलेर बगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
मोटोगर्ल्स टु रिङरोडमा प्रो राइडर वर्षा बस्नेत देखि पहिलो पटक राइडमा सहभागि भएकाहरुसमेत थिए ।
फोटो : विकास श्रेष्ठ
– यस समाचारको श्रोत : Online Khabar हो ।