Main

रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ

२३ पुस, काठमाडौं । सहकारीको १२ करोड  रकम हिनामिना गरी  फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका  अध्‍यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्‍य  विनोद कुमार ओझा रहेका छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोको टोलीले  पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको प्रहरीको आरोप छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button