रुखमा झुण्डिएको अवस्थामा मृत फेला परे धनबहादुर
६ मंसिर, काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिका ६ टोक्सेका ३९ वर्षीय धनबहादुर विक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी आफ्नो घरदेखि करिब ३० मिटर टाढाको एक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
गएराति करिब साढे १२ बजे विक मृत फेला परेको र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
यसैबीच पाल्पाको माथागढी गाउँपालिका १ अगाहखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । रुपन्देहीको भैरहवाबाट स्याङ्जातपर्फ जाँदै गरेको ग २ ख १००९ नम्बरको ट्रक आज बिहान साढे ४ बजे सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्रक चालक स्याङ्जाको गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय सन्दिप सुनारी घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।