Main

रेखा पौडेलले युएई प्रो लिग खेल्ने पक्का

२१ साउन, काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर रेखा पौडेलले युएई प्रो लिग खेल्ने भएकी छन् । उनी एक वर्षका लागि आवुधावी काउन्ट्री क्लबले अनुबन्ध भएकी हुन् ।

उनी आइतबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी थिइन् । मेडिकल पास भएसँगै उनले एक वर्षका लागि सम्झैता गरेकी छन् ।

यससँगै उनले एएफसी च्याम्पियन्स लिग आवुधावी काउन्ट्री क्लबबाटै खेल्ने छिन् ।

आवुधावी काउन्ट्री क्लबले पश्चिमी एसियाबाट च्याम्पियन्स लिग खेल्ने छ । आवुधावी काउन्ट्री क्लब युएई प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत हो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button