लगातार ४ हारपछि सुदुरको पहिलो जित

२३ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिग अन्तर्गत पुरुषतर्फको खेलमा सुदुरपश्चिम स्पोट्स क्लबले पहिलो जित हात निकालेको छ ।
दशरथ रंगशाला कर्भड हलमा बुधबार भएको खेलमा कोशी प्रदेशलाई ३–१ ले हराउँदै सुदुरले पहिलो जित निकालेको हो ।
त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, नेपाल पुलिस र टिपटप हेल्प नेपालसँग पराजित भएपछि सुदुरले भने पहिलो पटक जितेको हो ।
कोशीको भने यो पाँचौं हार हो । यसअघि कोशीले त्रिभुवन आर्मी, टिपटप हेल्प नेपाल, गण्डकी र नेपाल पुलिससँग हार बेहोरेको थियो ।
पुरुषतर्फको दोस्रो खेलमा विभागीय डर्बी नेपाल पुलिस र त्रिभुवन आर्मीबीच खेल भइरहेको छ ।
तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल बीच हुनेछ भने चौथो खेलमा आज एपीएफ र बुढानीलकण्ठ भिड्नेछन् ।
बिहान भएको महिलातर्फको खेलमा कर्णाली प्रदेशविरुद्ध नेपाल पुलिसले चौथो जित हात पार्दै फाइनल पुगेको छ भने दोस्रो खेलमा चन्द्रागिरी न्यू डाइमन्डलाई हराउँदै त्रिभुवन आर्मीले जित हात पारेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।