लघुवित्तले आईपीओको ४० प्रतिशत सेयर ऋणी सदस्यलाई आरक्षित गर्नुपर्ने

८ चैत, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) को ४० प्रतिशत संस्थाका ऋणीलाई आरक्षित गर्नुपर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बिहिबार संस्थामा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।
बाफियाको दफा ९ मा उपदफा (८) थप गर्दै लघुवित्तले सर्वसाधारणलाई जारी गर्न छुट्याएको सेयरको ४० प्रतिशत सेयर आफ्ना ऋणी समस्यका लागि छुट्याउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेको हो ।
‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ‘घ’ वर्गको वित्तीय संस्थाले उपदफा (१) बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि छुट्टयाएको सेयरलाई शतप्रतिशत मानी त्यस्तो सेयरमध्येबाट कम्तीमा ४० प्रतिशतसम्म सेयर आफ्ना ऋणी सदस्यका लागि छुट्टयाउनु पर्नेछ,’ बाफियाको संशोधन विधेयकमा भनिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।