Main

फिल्म ‘मायाका रंगहरु’बाट भ्वाइस फाइनलिस्ट नोगेन लिम्बुको पाश्र्वगायनमा डेब्यु

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ का फाइनलिस्ट नोगेन लिम्बुले फिल्म ‘मायाका रंगहरु’बाट पाश्र्वगायनमा डेब्यु गरेका छन् । शनिबार रेकर्ड गरिएका दुई गीतमध्ये एकमा मेचु धिमाल र नोगेनको स्वर छ ।

अर्को गीतमा उर्गेन दोङले स्वर दिएका छन् । यो गीतमा भ्वाइसकै सेमिफाइनलिस्ट मोनिका राईले पनि स्वर दिएकी छन् । पल शाह, कुन्दन भारद्धाज, सुनिल थापा र बुद्धि तामाङको शीर्ष भूमिका रहेको यो फिल्म छायांकनको तयारीमा छ ।

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशन रहने यो फिल्मको छायांकन फागुन अन्त्यदेखि भारतको सिक्किममा सुरु हुनेछ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिने उल्लेख छ ।

भ्वाइस सेमिफाइनलिस्ट मोनिका राई (दायाँ) गायक उर्गेन दोङसँग ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको छायांकन, शेखर ज्ञावालीको कथा, ताराप्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको नृत्य रहनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button