Main

ललितपुरको कुम्भेश्वरमा आगलागी

३ भदौ, काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ । आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन् । आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो ।  त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।

विस्तृत विवरण भने खुल्न बाँकी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button