Main

बाढी-पहिरोले छेकेन गाउँ जाने चाहना (तस्वीरहरु)

२१ असोज, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा दशैं मनाउन घर जानेहरुको भीड असाध्यै छ ।

देशका धेरै ठाउँमा जाने बसहरु गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्छन् । त्यसैले यहाँ बिहानैदेखि मानिसहरु झोला बोकेर घर जाने बस खोज्दै आइरहेका छन् ।

कोही बालबच्चासहित छन् भने कोही भर्खरै बिदेशबाट आएकाहरु छन् । वर्षमा एक पटक आउने चाड दशैं परिवारका साथ मनाउने चाहना धेरैलाई छ । त्यसैले उनीहरु सुरक्षित रुपमा घर जान चाहन्छन् । १२ असोजमा आएको बाढीपहिरोका कारण देशका धेरै सडकमा केही न केही क्षति भएको थियो ।

वीपी राजमार्गबाहेक अन्य सडक सानातिना मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् । वर्षा रोकिएका कारण पनि यात्रा सहज हुने विश्वासमा यात्रुहरु छन् ।

हेर्नुहोस् तस्वीरहरु 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button