Main
लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, २५ हजार जरिवाना
२७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ । काठमाडौ महानगरपालिका-२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएको हो । ‘दहीमा ब्लेड भेटेको गुनासो आएपछि हाम्रो टोली गएर अनुगमन गरेको थियो,’ एक नगर प्रहरी अधिकारीले भने । महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।