Main

लाग्यो तिहार (तस्वीरहरू)

१३ कात्तिक, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरूमा किनमेलका लागि सर्वसाधारणहरूको ठूलो भीड बढेको छ ।

विशेष गरेर काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, महाबौद्ध लगायत क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा, गरगहना, भाँडाकुँडा लगायतका माला, भाइ मसला लगायत सामग्री किन्नेहरूको भीड बढेको हो ।

बजारमा किनमेल गर्न पुगेका सर्वसाधारणहरूको भीडले तिहार पर्व भित्रिएको आभास दिन्छ ।

सरकारले प्लास्टिकका फूलका माला बेच्न, प्रयोग गर्न निषेध गरेको छ, तर बजारमा प्लास्टिकका प्रतिबन्धित फूलका मालाहरू बिक्रीका लागि राख्ने गरेको पाइन्छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button