लिभरपुलले टोटनहमलाई हरायो

२४ वैशाख, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले टोटनहमलाई ४-२ ले पराजित गरेको छ ।
पछिल्लो समय खराब लयमा रहेको टोटनहम यो हारपछि शीर्ष चारको सम्भावना कठिन बनेको छ ।
उपाधि होडको सम्भवना लगभग सकिएको लिभरपुल जितपछि ३६ खेलबाट ७८ अंकसहित तेस्रो स्थानमै छ ।
लिगमा अब दुई खेल खेल्न बाँकी हुँदा लिभरपुल शीर्ष स्थानको बर्सनल भन्दा ५ अंकले पछि छ ।
३६ खेलबाट आर्सनलको ८३ अंक छ भने एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ८२ अंक छ ।
पराजित टोटनहम भने ३५ खेलबाट ६० अंकसहित पाँचौ स्थानमै छ ।
घरेलु मैदानमा एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह, एन्डी रोबर्टसन, कोडी गाक्पो र हार्भे एलिओटले एक-एक गोल गरे । टोटनहमका लागि रिचार्लिसन र हेउन मिन सनले एक-एक गोल गरे ।
यस्तै आइतबार भएको खेलमा चेल्सीले वेष्टहमलाई ५-० ले पराजित गर्दै सातौं स्थानमा उक्लेको छ । चेल्सी र म्यानचेष्टर युनाइटेडको समान ५४ अंक भएपनि गोलअन्तरमा चेल्सी अगाडि छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।