Main

लियोनार्दो डिकाप्रियोले किन नेपालमा बन्न लागेको बाँधको गर्दैछन् विरोध ?

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो वातावरण र वन्यजन्तु संरक्षण क्षेत्रका अभियन्ता समेत हुन् । ‘टाइटानिक’ स्टारको लियोनार्दो डिक्याप्रियो फाउण्डेसनले नेपालसहित विभिन्न मुलुकमा बाघ संरक्षणको क्षेत्रमा कार्य गर्दै आएको छ ।

उनले बेलाबेलामा नेपालको वातावरणीय मुद्दामा पनि चासो राख्दै आइरहेका हुन्छन् । नेपालमा निर्माण हुन लागेको बाँधले पृथ्वीको एक प्राचीन ठाउँमा जोखिम निम्त्याउने भन्दै डिक्याप्रियोले यसपटक चासो व्यक्त गरेका छन् ।

उनले उक्त बाँधको निर्माण रोक्न आग्रह गरेका छन् । हिमचितुवा र लोपोन्मुख रेड पाण्डाको घर समेत रहेको लुङ्वा साम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्रस्थित नदीमा निर्माणाधीन बाँध परियोजना निर्माण योजना रोक्न स्थानीय समुदायले सर्वोच्च अदालतमा आग्रह गरिरहेकोतर्फ उनले सामाजिक सञ्जालमा ध्यानाकर्षण समेत गराएका छन् ।

भव्य छुजुङ, छुन्जाम र बखाङ नदी नेपालका अति सीमान्तकृत आदिवासी जनजातिमध्ये ल्होमी सिङ्सा र भोटे जातिका लागि गहिरो रूपमा पवित्र रहेको उल्लेख गर्दै डिक्याप्रियोले यी समूहहरूले जमिनको सम्मान गर्दै खेतीपाती र औषधीय जडीबुटी र अन्य गैरकाष्ठ वनजन्य उत्पादन सङ्कलन गरेर आफ्नो जीविका चलाउने बताएका छन् ।

यदि निर्माण गरियो भने यी बाँध लुङ्बा साम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्र ऐन र २०२० मा पहिलो निर्वाचित स्थानीय सरकारले लागू गरेको प्रक्रियाको स्पष्ट उल्लंघन हुने उनको भनाइ छ । जसले विनाशकारी जलविद्युत, सडक निर्माण र खानी प्रथालाई रोक्ने उनको भनाइ छ । ल्होमी, सिङ्सा र भोटे समुदायका मानिसलाई पुस्तौंदेखि यस महत्वपूर्ण परिदृश्यको संरक्षक बन्न मद्दत गर्न उनको आग्रह छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button